भारतीय पत्रकार अभिसार शर्माविरुद्ध राजद्रोहको मुद्धा दर्ता

२०८२ भाद्र ०६ शुक्रवार
सारांश
  • भारतको गुवाहाटी अपराध शाखाले पत्रकार तथा युट्युबर अभिसार शर्मा विरुद्ध एफआईआर दर्ता गरेको छ ।

एजेन्सी, ६ भाद्र । भारतको गुवाहाटी अपराध शाखाले पत्रकार तथा युट्युबर अभिसार शर्मा विरुद्ध एफआईआर दर्ता गरेको छ ।

 

स्थानीय नागरिकको उजुरीपछि अभिसार विरुद्ध यो रिपोर्ट दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । उजुरी अनुसार अभिसारले आफ्नो एउटा भिडियोमा आसाम र भारत सरकारको मजाक उडाएका छन् । भारतीय न्याय संहिता २०२३ को धारा १५२ (देशद्रोह), धारा १९६ र १९७ अन्तर्गत उनी विरुद्ध मुद्दा दर्ता गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

उजुरीमा अभिसार शर्माले आफ्नो भिडियोमा आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मामाथि 'साम्प्रदायिक राजनीति' गरेको आरोप लगाइएको छ ।

 

२३ वर्षीय उजुरीकर्ता आलोक बरुआले आफ्नो उजुरीमा अभिसारले आसामका मुख्यमन्त्रीविरुद्ध यी आरोप लगाएका छन् र उनको भिडियोले 'साम्प्रदायिक भावना भड्काउन सक्छ' भनेका छन् ।

 

आफ्नो विरुद्धमा दर्ता भएको एफआईआरको प्रतिक्रिया दिँदै अभिसार शर्माले मेरोविरुद्ध असम प्रहरीको एफआईआर पूर्णतया आधारहीन छ र यसको कानुनी रूपमा जवाफ दिने बताएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार